रिलिज मिति नजिकिँदै गर्दा फिल्म `परस्त्री´ लाई सेन्सर बोर्डले पिजि सर्टिफिकेट दिन अस्विकार गरेको छ । फिल्ममा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै   सेन्सर बोर्डले सर्टिफिकेट दिन अस्विकार गरेको हो । तर, सेन्सर बोर्डको निर्देशन मान्ने पक्षमा निर्मात्री शर्मिला पाण्डे छैनन् । बोर्डले आपत्ति जनाएका दृश्य हटाए फिल्मको मूल मर्म मर्ने उनको भनाई छ । असार १५ गतेबाट यो फिल्म प्रदर्शनमा आउँदै छ । तर उक्त सिन हटाउन सेन्सरबोर्डले बल् गरेको खन्डमा कानुनी उपचारमा जाने निर्माण टिमको भनाइ छ । नेपाली र भारतीय भाषामा तयार गरिएको फिल्म शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय छ ।