फिल्म `गुलाबी´ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको बताएका हुन् । अमेरिकी कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ ले खरिद गरेको छ । उक्त कम्पनीले खरिद गरेसंगै फिल्मको नाम परिवर्तन भएको छ। उक्त कम्पनीले ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’ शीर्षकमा सन् २०२४ मा फिल्मलाई विश्वव्यापी रुपमा वितरण गर्ने भएको छ।नेपालमा भने फिल्मलाई निर्माण गरेको कम्पनी ‘द स्काइ ओसन इन्टरटेनमेन्ट’ सँग अमेरिकी कम्पनीले निर्माण र वितरणमा सहकार्य गर्न लागेको हो ।समुन्द्र भट्टको निर्देशनमा फिल्म तयार भएको हो। फिल्ममा संचिता लुइँटेल, सुशील श्रेष्ठ, विशाल पहारी, अनुपम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।