आजबाट फिल्म ‘अन्तिम संस्कार’ सोलो रिलिजमा आएको छ । प्रदिप शाहीको निर्देशनमा बनेको फिल्म साई प्रोडक्सन नेपालको प्रस्तुतिमा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको हो । फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ कार्यकारी निर्मातामा छन् ।  फिल्मको निर्माता विनोद सुवेदी क्षितिज हुन् । रहस्यमय हत्या (मर्डर मिस्ट्री)को कथामा आधारित रहेर निर्माण भएको फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् ।फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे ,एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको पनि अभिनय छ ।