फिल्म ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । ‘जीवन भनेको’ बोलको गीतमा केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको छ भने संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । गीतमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टलाई देखाइएको छ ।
फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् । पोस्टर रिलिजसँगै चर्चामा रहेकको सिनेमाको सार्वजनिक थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् । फिल्म आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।