कुनै पनि कलाकारको लागी अवार्डले ठुलो महत्त्व बोकेको हुन्छ । पछिल्ला समय नेपाली चलचित्र क्षेत्रमा कलाकारको सम्मानको निम्ति देश लगायत विदेशमा विभिन्न अवार्ड आयोजना भइरहेका छन् । यसैमा अब ‘इन्फा फिल्म अवार्ड’ आयोजना हुने भएको छ । चलचित्र क्षेत्रको बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले पहिलो पल्ट दक्षिण कोरियामा चलचित्र अवार्ड हुन लागेको हो । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ हुने जानकारी दिइएको हो । गैर आवसिय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, कोरिया (एनआरएनन कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्तरुपमा अवार्ड आयोजना गर्ने लागेको हो । अवार्डको पहिलो संस्करण सन् २०१८ को फ्रेवुअरीको दोस्रो हप्ता हुने छ । अवार्ड कार्यक्रम भने कोरियाको राजधानी सियोलमा हुने छ ।
अवार्डका कार्यक्रममा सन् २०१७ जनवरी १ देखि डिसेम्बर ३० सम्म सार्वजनिक भएका चलचित्रले सहभागिता जनाउन पाउनेछन्। २० विधामा प्रदान गरिने अवार्ड कार्यक्रममा एक स्रष्टालाई ’लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने आयोजक मनोज केसीले बताए ।साथै अवार्डको लागी चलचित्र दर्ता गर्ने पनि आयोजकले आह्वान गरेको छ ।