‘हेरिटेज अफ फेसन’को अष्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न भएको छ । तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’मा स्थानिय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो ।आसाप इन्टरटेनमेन्टले थ्रेटर रोयलमा आयोजना गरेको संस्करण तास्मानियामा भएको नेपाली समुदायको पहिलो कार्यक्रममा रहेको यस शोमा राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको थियो । यस्तै नेपालबाट फेसन शोमा सहभागी हुन संचारकर्मी विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु अष्ट्रेलिया पुगेका थिए ।