फिल्म ‘दिमाग खराब’को छायांकन सक्किएको छ । निर्माण टिमले ३६ दिनमा फिल्मको छाँयाकन पूरा गरेका हुन् ।निर्देशक निश्चल बस्नेतको निर्देशन रहेको फिल्मको  काठमाडौंको पिंगलास्थानस्थित नेपाल सिनेमा क्याम्पसमा फिल्मको  अन्तिम सिन खिचिएको हो । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहेको छ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।