फिल्म ‘बगान’को ‘न वारमा छु, न पारमा छु’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द रचना तथा हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । आगामी असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धर फिचर्ड छिन् ।
फिल्मलाई अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् ।नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन रहेको छ ।