फिल्म`परस्त्री’ बिहीबारबाट नै नेपालमा प्रदर्शन हुने भएको छ । निर्माण टिमले फिल्मबारे जानकारी दिदै भोलि नै रिलिज गर्ने तयारी गरेका हुन् । बलिउड फिल्म ‘सत्यप्रेम´ बिहिबारनै रिलिज गर्ने भएका कारण निर्माण टिमले आफ्नो फिल्मलाई पनि यही दिन रिलिज गर्ने निर्मात्री शर्मिला पान्डेको भनाइ छ  । डिएस डिजिटलको व्यानरमा निर्मित फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ । फिल्मलाई  निरज कँडेलले खिचेका हुन् ।काठमाडौंमा सिनेमाको भव्य प्रिमियर गरिँदैछ ।