गणेश सिन्चुरीको आवाज र कम्पोजमा गीत ` चुइगम पड्काउदै´ रिलिज गरिएको छ । छवि लाल् तामाङको निर्देशन रहेको म्युजिक भिडियोमा मनिश निरौलाको संगीत र अमन सिन्चुरीको शब्द रचना रहेको छ  । घोङबा फिल्मसको द्रुश्य कैद ,सम्पादन र रंग संयोज देख्न सकिन्छ   । 

भिडियोमा रेखा लिम्बु र किरण तामाङको अभिनय भिडियोमा देख्न सकिन्छ । इरा महर्जनको कोरियोग्राफी , सिता पराजुलीको मेकअप रहेको छ  । अमृत बाबु थापाको क्रीएटिभ निर्देशक ,डेभिड बस्नेत सहायक निर्देशक र राहुल जङ्ग राणा निर्माताको रुपमा भिडियोमा रहेका छन् ।