प्रेमी युद्द बानिया संग नायिका पूजा शर्मा बिहे बन्धनमा बाधिने भएकी छिन् । यही बर्षको विजया दशमी यानिकी दशैमा यो जोडीले बिहे गर्ने भएका हुन् । नायिका पूजाले नै बिहेको तयारी भैरहेको बताएकी हुन् । पूजा र युद्ध करिब ३ वर्षदेखि प्रेम सम्बन्धमा छन् । आफ्नो फिल्म ‘म यस्तो गाीत गाउँछु २’ रिलिजको समयमा पूजाले युद्धसँगको प्रेम सम्बन्ध खुलेर व्यक्त गरेकी थिइन्