अभिनेता दयाहाङ राई र मिस नेपाल निकिता चाण्डक पहिलो  पटक फिल्ममा संगै देखिने भएका छन् । निर्देशक दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म ‘राजागन्ज’मा उनीहरुले साथमा काम गर्न लागेका हुन् ।पुलिस थ्रिलर कथामा बन्न लागेको फिल्मको छायांकन आगामी साउन १२ गतेबाट हुनेछ । `साङ्लो´ बाट अभिनयमा डेब्यु गरेकी निकिताको यो दोश्रो फिल्म हो । निर्माता रामबाबु गुरुङको निर्माण रहने फिल्ममा आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादवको पनि अभिनय रहनेछ ।