‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुुडामारी चोकमा शुक्रवार ‘दोस्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को सम्पन्न भयो । करिब डेढ घण्टाको प्रस्तुति दिएको मन्त्र ब्यान्डले आफ्नो लोकप्रिय गीतहरू ‘तर हुरुरु पानी पर्छ’, ‘रिमझिम रिमझिम झरीमा’, ‘तिम्रै निम्ति’, ‘सपना’, ‘मैले माया लाए’ गाएका थिए ।

प्रस्तुतिकै क्रममा मन्त्रले आफ्नो लोकप्रिय गीत ‘वीर गोर्खाली’ गाउदा कन्सर्टको माहोल अझ तातिएको थियो । लागूूपदार्थ दुव्र्यशनको विरुद्ध सबैको सहभागिता जुटाउने उद्देश्य लिएर प्रगतिशील समाजसेवी युुवा क्लबले आयोजना गरेको कन्सर्टमा मन्त्रका अलावा गायिका दिपा लामा गायक साक्थिम योङयाले पनि प्रस्तुति दिएका थिए । स्थानीय सिग्नेचर ब्यान्डले पनि पर्फम गरेको थियो । श्री भगवती स्कुलको प्रागंणमा सम्पन्न कन्सर्टबाट उठेको रकम दुुव्र्यशन विरुद्धको अभियानमै खर्चिइने बताइएको छ । ‘लागूपदार्थ दुुव्र्यशनमा फसेकाहरुको उपचार गर्ने र विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने हाम्रो उद्देश्य छ,’ कार्यक्रम संयोजक विक्रम लिम्बुले भने ।