गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । तामाङको निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको हो । उनका पारिवारिक सद्स्य भाई सन्तोष तामाङले उनको बूढानीलकण्ठस्थित घरमा निधन भएको बताएका हुन् । निधन हुनुको कारण भने खुलाईएको छैन । तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । उनले चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् गीतहरु हुन् । साथै उनले छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ फिल्महरुमा पनि अभिनय गरेका छन् ।