अभिनेता सौगात मल्ल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । ‘कोतपर्व’ नामक फिल्ममा सौगात अनुबन्धित भएका हुन् । रिमेश अधिकारीको निर्देशनमा निर्माण हुने फिल्मलाई रिमेश अधिकारी फिल्म्स प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण गर्न लागिएको हो ।
फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गरिने छ । सौगातले ‘हात्तीछाप’को छायांकन सकिएसँगै उनी १० केजी तौल बढाएर ‘अगस्त्य’को दोस्रो चरणको छायांकन सुरु गर्नेछन् । भाद्रबाट रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘डिग्री माइला’को छायांकन सौगात जोडिनेछन् ।उक्त फिल्महरुको काम सकिएलागतै उनि यस् फिल्मको तयारीमा रहने छन् ।`कोतपर्व’ छायांकनका लागि उनले आगामी चैतको समय दिएका छन् । नेपाललाई १०४ वर्षे जहानियाँ निरंकुश राणा शासनमा धकेलेको कोतपर्व (नेपालको इतिहासकै दोश्रो ठूलो हत्याकाण्ड)मा आधारित भएर फिल्म निर्माण हुन लागेको हो ।