पाँचौँ ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ मा गीत लेखनमा सक्रिय यादव खरेललाई दीर्घ साधना (लाइफटाइम अचिभमेन्ट) प्रदान गरिएको छ ।६ दशकदेखि गीत लेखनमा सकृय रहेका उनलाई पुरस्कार रकम एक लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिएको हो।साथै विभिन्न १५ विधाका बिजेताहरूलाई अवार्ड वितरण गरियो । कार्यक्रममा गायीका अस्मिता अधिकारीले उत्कृष्ट चलचित्र पार्श्व गायन र उत्कृष्ट युगल गीत गरी सर्वाधिक दुई विधामा अवार्ड प्राप्त गरिन | उनले लज्जावती झार र बाबरी रङ गीतमार्फत अवार्ड जित्न सफल भएकी हुन | यसैगरी उत्कृष्ट आधुनिक गायकको विधामा राज सिग्देलले, उत्कृष्ट आधुनिक गायिकामा रचना रिमालले ,उत्कृष्ट युगल गीतको विधामा महेश काफ्ले र अस्मिता अधिकारीले अवार्ड पाए । ‘लजावति झार’ बाट उनीहरूले यो अवार्ड पाएका हुन् । साथै उत्कृष्ट नव गायकको अवार्ड सुरज पण्डितले, उत्कृष्ट रचानाकारतर्फ ‘हर्क शाउद’ ले, उत्कृष्ट संगीत निर्देशकतर्फ हरि लम्साल ले जिते । ‘पीर’बाट सम्झना भण्डारीले उत्कृष्ट लोकदोहरी गायिका र गायकतर्फ प्रकाश सपूतले र उत्कृष्ट पार्श्व गायक रवि ओड घोषित भए ।कार्यक्रममा इन्डियन आइडल सिजन १० (२०१८) का बिजेता सलमान अली र नेपाली गायक/गायिकाहरू प्रकाश सपूत, शिव परियार, सुवानी मोक्तान, राज सिग्देल र सुजाता वर्मा, गजलकार प्रदीप रोदन, शंकर बिसी, सन्दिप क्षेत्री, स्वप्न सुमन र समीर श्रेष्ठलगायतले विभिन्न गीतसंगीत प्रस्तुत गरेका थिए ।रेडियो कान्तिपुरले २४ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा २०७८ देखि २०७९ साउनसम्म प्रसारणमा आएका गीतबाट बिजेताहरू घोषणा गरिएको हो ।