फिल्म ‘पञ्चामृत’ बन्ने भएको छ । करिब चार वर्षपछि निर्देशनमा कमब्याक गर्दै निर्देशक मुस्कान ढकालले फिल्म निर्देशन गर्न लागेका हुन । ठूलो क्यानभासमा निर्माणको तयारी भैरहेको फिल्ममा सौगात मल्ल, निरुता सिंह, विपना थापा, उत्तम प्रधान र मिथिला शर्माको पनि अभिनय रहनेछ । फिल्ममा अनुप बरालको पनि सम्भावना छ ।भदौबाट सुटिङमा जान लागेको फिल्म तिनवटा च्याप्टरमा निर्माण हुने छ ।