फिल्म ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ ।कृषा चौलागाईको डेव्यु निर्देशकिय फिल्मको टिजर गत शुक्रबार रिलिज गरिएको हो ।केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत फिल्ममा रहेको छ । प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्म आगामी भाद्र १४ गतेबाट प्रदर्शनमा आउने छ ।