चर्चामा रहेका नायक सलोन बस्नेतको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘रूम नम्बर १०८’ बोलको सार्वजनिक गीतमा सलोन सँगै अर्का नायक आमेष भण्डारीको पनि स्वर रहेको छ । चलचित्र ‘मेला’मा एकसाथ देखिन लागेका आमेश र सलोनको मित्रता पछिल्लो समय निकै गाढा छ । दुवै नायक मिलेर ‘रुम नम्बर १०८’ निकालेका हुन् ।
यी दुईलाई र्यापर गिरिश खतिवडाले साथ दिएका छन् । गीतमा कम्पोज सुरज ब्लुजको रहेको छ ।पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस गीतमा सलोन र आमेष सँगै गिरिश खतिवडा फिचरिङ्ग छन् । शिशिर खातीको निर्देशन रहेको यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गको खिचेका हुन् भने भिडिायोलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् ।