फिल्म ‘हात्तीछाप’को शुभमुर्हत गरिएको छ । आइतबार बालकुमारीस्थित एक ग्यारेजमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको शुभमुर्हत गरिएको हो ।  सिमोस सुनवारले निर्देशनको रहने फिल्ममा अभिनेत्री बेनिशा हमाल, अभिनेता दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय रहनेछ ।फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको हो ।रेड बर्ड प्रोडक्सन निर्माण रहने फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरा आसपासमा हुनेछ ।फिल्मलाई आगामी तिहार छेकोमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।