गत आइतबार रकस्टार रोविन तामाङ्गको अन्तेष्टि गरिएको छ । अन्तेष्टि संगै तामाङ्गको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ ।गीतमा राजेश पायल राईले आवाजमा साथ दिएका छन् ।सुरेश राईको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा निरन्जन पाण्डेको निर्देशन तथा सम्पादन रहेको छ ।
गीतको भिडियोमा राजेश र रोविन फिचर रहेका छन्। गीतको र्याप रोबिन स्वयंले तयार पारेका हुन् ।भिडियोलाई सोनाम तामाङ्गले खिचेका छन्।