निर्देशक दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ विश्वव्यापी रिलिज हुने भएको छ । फिल्मलाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने भएको हो । निर्माण कम्पनी टुकी आर्ट्स र सेभेन सिजका प्रतिनिधिबीच सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।सेभेन सिजले अमेरिकी चेनहरु रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहित केही स्वतन्त्र सिनेमा घरमा प्रदर्शन हुने जनाएको छ । अमेरिकामा मात्र १२ सय शो हुने उल्लेख छ । क्यानडामा १५० शो हुने जनाइएको छ । फिल्मलाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । फिल्ममा विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ ।