क्रिप्टो कारोबार, सट्टेबाजी र गैरकानुनी विज्ञापन प्रसारण गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कलाकार बल्छि धुर्वे सहित ११ जनालाई मुद्दा दायर गरिएको छ । काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।कलाकारहरू बेगम नेपाली (भटभटे), रोशन खतिवडा, अलिस राई, राजु पौडेल (राजु मास्टार), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), जलन घर्तीमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेलविरुद्ध विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुरमा *एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ ।उक्त मुद्दामा अभियुक्त बनाइएकाहरूको सोमबारदेखि न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा बयान लिइँदै छ । बयान सकिएपछि बेल्बासेकै इजलासमा थुनछेक बहस हुनेछ ।