आरडिएस जेम्सले टिकटक च्यालेन्ज अफर ल्याएको छ। रु दश हजार र पाँच हजारको गिफ्ट्  ह्याम्पर सहित निर्माण सो च्यालेन्ज अफर ल्याएका हुन् । यस टिकटक च्यालेन्जमा सहभागिता जनाउन चाहने दर्शकले केही दिन अघि युट्युब च्यानल रेड जेम्स एन्ड एन्टिक मार्फत रिलिज भएको गीत ` चुइगम पड्काउँदै´ मा टिकटक बनाउन पर्ने  छ । 

 

उक्त बनाइएको टिकटकलाई आरडिएस जेम्सको अफिसियल पेजलाई ट्याग गर्दै अपलोड गर्नु पर्ने छ । साथै आरडिएस जेम्सको फेस्बूक पेज , इन्स्ट्ग्रामलाई लाइक गर्नुका साथै युट्युब च्यानल समेत सब्स्क्राइब गर्न पर्ने छ । गणेश सेन्चुरीको आवाज र कम्पोजमा गीत ` चुइगम पड्काउँदै´ रिलिज गरिएको थियो । छवि लाल् तामाङको निर्देशन रहेको म्युजिक भिडियोमा मनिश निरौलाको संगीत र अमन सेन्चुरीको शब्द रचना रहेको छ  । घोङबा फिल्मसको द्रुश्य कैद ,सम्पादन र रंग संयोजन देख्न सकिन्छ ।