फिल्म ‘बगान’को अग्रिम बुकिङ खुलेको छ । गत मंगलबारबाट फिल्मको  बुकिङ खुलाइएको हो । फिल्मको काठमाडौं उपत्यका तथा मोफसलका मल्टिप्लेक्समा फिल्मको बुकिङ खुलिसकेको छ । उपत्यकामा क्युएफएक्सअन्तर्गतका सुनधारास्थित सिभिल मल, दरबारमार्गस्थित दर्बार सिनेप्लेक्स, पुलचोकस्थित लविम हल, ठमेलस्थित छायाँ सेन्टर, भक्तपुरस्थित भाटभटेनी लगायतका हलहरू, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाज, गोङ्गबुमा रहेको बिएसआर मुभिज, सुनधारा स्थित सिटिसि मलमा रहेको सिने डी सेफ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युब, लोत्सेमलमा रहेको आईएनआई सिनेमाज, नयाँ बानेश्वर र कालीमाटीमा रहेको वान सिनेमाज, कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्स लगायतका हलहरूमा अग्रिम बुकिङ खुलेको निर्माण टिमले जानकारी गराएका हुन् । फिल्मलाई अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् ।नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन रहेको छ । यसमा नीर शाह, सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमीला कार्की, वसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ ।यही शुक्रवारबाट फिल्म प्रदर्शनमा आउदै छ ।