`एघारौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल´ सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा फिल्म `भाग्य´ सर्वाधिक अवार्ड पाउने फिल्म बनेको छ । सर्वोत्कृष्ट फिल्म भाग्य घोषणा हुँदा भाग्य फिल्मका निर्माता सरिता महर्जनले सर्वोत्कृष्ट फिल्मको अवार्ड थापेका थिए । यसै गरी सर्वोत्कृष्ट निर्देशक र अभिनेत्री अवार्डबाट रोशन कुमार र निता ढुङ्गानाले पाएका थिए । साथै, चरित्र अभिनेता सुनिल कटुवाल र सर्वोत्कृष्ट अभिनेता यशराज गराजले अवार्ड हात पारेका थिए । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अमर कृतिमा आधारित फिल्म हो । नेपाली फिल्म प्रकाश, प्रेमगञ्ज, हुक्का, लगायत फिल्मले पनि अवार्ड पाएका थिए । साथै, छोटो फिल्महरूमा परिवर्तन, परिवार, दुबिधा, फेरि, हावा म्यान, ऐजेरु, कलुवा लगायत अफ्रिकन फिल्महरू द विल्डर्स, द ट्रेन अफ द डेट, आइ गट माई, वाटे वाटे, थिड्स एवं डेट, या, ठ्याँक यु रेन्ट लगायत फिल्म समावेश रहेको थियो । समारोहमा आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिभल निर्देशक डा. मञ्जु मिश्रले अफ्रिका र नेपालीको अवस्था उस्तै भएकाले दुवैतर्फका फिल्मको प्रोत्साहनका लागि महोत्सव गर्दै आएको बताउनुभयो । महोत्सवको सह–आयोजकमा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसन प्रालि रहेका थिए ।