अभिनेता तथा विकास बोर्ड अध्यक्ष भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहलाई हालेको मुद्दा हारेका छन् । उक्त मुद्दा साम्राज्ञी राज्यलक्ष्मी शाहले जितेकी छिन् । भुवनले जिल्ला अदालत काठमाडौँमा साम्राज्ञी आरएल शाहविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै गाली बेइज्जती मुद्दा हालेका थिए ।२०७७ साल साउन ९ गते अदालतमा परेको मुद्दाबाट शाहले सफाइ पाएकी हुन् । न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले जाहेरीकर्ता केसीको दाबी नपुग्ने फैसला गरेको हो ।यता, अभिनेत्री शाहले मुद्दा जितेपछि आफूले लामो युद्ध जितेको भन्दै वकिल, सपोर्टर तथा शुभचिन्तकलाई धन्यवाद भनेकी छन् । सामाजिक सञ्जाल मार्फत उनले उक्त खबरको जानकारी गराएकी हुन् ।