आउदो कार्तिक ९ मा रिलिज हुने फिल्म ’ऐश्वर्य’ ले मोफसल टुरको सुरुवात पोखराबाट गरेको छ ।गीत र ट्रेलरले चर्चा पाइरहेको चलचित्र ‘ऐश्वर्य’ टिम मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यलेको साथ मोफसल यात्रालाई अगाडी बढाएको निर्माण पक्ष बताउछन् ।
आइतबार बिहान पोखरामा कसकी चलचित्र पत्रकार संघको आयोजानमा सम्पन्न प्रेस मीटमा चलचित्रका अभिनेता रमेश उप्रेती , प्रशान्त ताम्राकार , निर्मल शर्मासंगै अभिनेत्री दीपिका प्रसाईंको उपस्थिति रहेको थियो । पोखराबाट सुरु भएको टुर चितवन हुदै हेटौडा पुगेर सकिने निर्माण पक्षको भनाइ छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी , अर्जुन श्रेष्ठ , केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमि रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ ।