मृगशिरा वर्ल्ड स्कुल (दीप हाइ स्कुल) को प्रस्तुतिमा निर्देशक पुष्प अवस्थिको निर्देशन रहेको नाटक `बार्हा´ मञ्चनको तयारीमा रहेको छ । टेकु स्थित कौसी थिएटरमा ३ दिन सम्म मञ्चन हुने नाटक भोलि २९ देखि ३१ गते सम्म दिउसो ११ बजे र १ बजे हुनुका साथै शनिवार चाहिँ ११ बजे र ४ बजे मञ्चन हुने निर्देशक पुष्पले बताएका छन्। साथै अवस्थि भन्छन् :यस विद्यालयमा मैले नाटक पढाउन थालेको अहिले तेस्रो वर्ष भयो । सुरुको वर्ष कोभिडले गर्दा त्यति काम गर्न पाइएन । गत वर्ष चाहिँ हामीले यस विद्यालयबाट स्थानीय समुदायमा दुई पटक सडक नाटक मञ्चन गर्ने मौका पायौ साथै १४ औँ राष्ट्रिय बाल नाटक महोत्सवमा पनि सहभागी भयौँ जुन महोत्सवमा उपस्थित दर्शकले यस नाटकलाई रुचाई दिनु भएका कारण हामी दर्शक छनौट पुरस्कार जित्न सफल भयौँ । दर्शकबाट पाएको हौसलाले यस नाटकलाई पुनः मञ्चमा मञ्चन गर्ने इच्छा थियो जुन आज पुरा भएको छ । म सुदूरपश्चिममा जन्मिएको हुर्किएको हुनाले मलाई नेवारी संस्कृतिबारे त्यति ज्ञान थिएन तर नाटक कक्षामा धेरैजसो नेवार समुदायका विद्यार्थी भएको हुँदा मलाई नेवारी संस्कृति माथि नाटक गर्न रहर लागेर हाम्रै विद्यालयमा अध्ययन गर्ने पलिस्ता महर्जनले लेख्नुभएको कथालाई छाने । सुरुमा यस संस्कृति बारेमा ज्ञान नभएको कारण चुनौती थियो तर विद्यालयका प्राचार्य सर, शलिना म्याम, सानु म्याम र विद्यार्थीहरूले गर्दा मलाई केही सहज बनायो र हामी सबैको मेहनतबाट यो नाटक निर्माण भयो । नाटक कस्तो भयो पक्कै पनि हजुरहरूले प्रतिक्रिया दिनुहुनेछ । यदि नाटकमा केही कमीकमजोरी भएमा निर्देशकको हिसाबले मैले स्विकार्नुपर्छ र स्विकार्छु पनि । केही सच्याउनु पर्ने भएमा यहाँहरूको सल्लाह सुझाव बमोजिम भविष्यमा पक्कै पनि हामी सुधार्ने छौ । मलाई यस विद्यालयसम्म पुर्याउने विजयराज आचार्य सर, यस नाटक निर्माणमा मलाई सुरु देखि साथ दिनुहुने यस विद्यालयका प्राचार्य श्री शैलेश डङ्गोल सर, मञ्चको सबै भार उठाएर सहयोग गर्नुहुने सलिना साख: म्याम, सम्पूर्ण प्रप्सको व्यवस्थापन गरिदिनुहुने सानु म्याम, दिनरात नभनी यस नाटकको लागि खटिने मेरो प्यारो बिटि भाइ, लाइटको सम्पूर्ण जिम्मेवारी लिएर सहयोग गर्ने क्षितिज भाइ, नाटककै टिम मेम्बर बनेर सहयोग गरी रहेका विशाल भाइ, थिएटरमा निरन्तर साथ र हौसला दिई राख्नु भएकी मारुती बहिनी, यो स्थान उपलब्ध गराउनुहुने आकांक्षा जी र कौसी थिएटर परिवार साथै मेरा प्यारा विद्यार्थी कलाकार भाईबहिनीहरुप्रती विशेष आभार प्रकट गर्न चाहन्छु । यहाँहरू सबैको साथ र हौसलाले आज नाटक मञ्चन सफल भएको हो । साथै हजुरहरू पनि नाटक हेर्न आइदिनु भएकोमा धन्यवाद । यस नाटकमा कलाकारहरू प्रभा बुढा (सिर्जना), रोज देउला (अष्टमायाकी छोरी),निलम महर्जन (सिर्जनाको आमा), स्नेहा यादव (अष्टमाया), रोमन सुन्दास (महेशमान),कृष्णा यादव (सिर्जनाको बुवा),रितिका खड्का (पहिलो गुफा बस्ने केटी र सिर्जनाको साथी),तपस्या शाक्य (सिर्जनाको साथी र रितिकाको आमा), ज्यासलीन रञ्जित (सिर्जनाको फुपू),श्रृजल मानन्धर (गाउँले पुरुष),श्रीना महर्जन (गाउँले), रोशनी पाण्डे (गाउँले), एन्जिलिन श्रेष्ठ (गाउँले) को अभिनय रहेको छ । यसै गरी पोस्टर डिजाइन:- नवीन भट्ट ,फोटोग्राफी तथा भिडियोग्राफी :- ईश्वर अवस्थी,प्रप्स व्यवस्थापक:- सानुमैया महर्जन,प्रकाश परिकल्पना तथा परिचालन:- क्षितिज पराजुली,सेट परिकल्पना:- शैलेस डङ्गोल,मञ्च व्यवस्थापक:- सलिना साख ,सहायक निर्देशक:- भरत महर (बिटि),कथा:- पलिस्ता महर्जन रहेका छन् ।