फिल्म `हात्ती छाप´ निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ। जसमा फिल्मका मुख्य अभिनेता सौगात मल्ललाई प्रस्तुत गरिएको छ । सौगात मल्लको पेन्टिङ लुक्स निर्माण टिमले सार्वजनिक गरेको हो । पेन्टिङमा सौगातको लुक्समा शिरमा शिर पेच, कम्मरमा खुकुरी र हातमा तरबार लिएर मल्ल देखिएका छन्।राजाको भूमिकामा देखिन लागेका सौगातको यस फिल्मलाई सिमोस सुनुवारको निर्देशन गर्ने छन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा नायिका उपासना सिंह ठकुरी पनि मुख्य भूमिकामा रहेकी छिन्।प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा सौगात र उपासनाको अलावा बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय रहनेछ ।