फिल्म ‘भगवत् गीता’ को टिजर सार्वजनिक गरिएको छ । झरना थापाको निर्देशनमा तयार भएको टिजर शुक्रवार युट्युब मार्फत सार्वजनिक गरिएको हो। टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्की ,धिरज मगर र सुहाना थापालाई देखाइएको छ ।
टिजरको आकर्षक पक्ष विपिन कार्की बनेका छन्।ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका विपिनको पात्रले दर्शकलाई हल सम्म खिच्ने अड्कल काट्न सकिन्छ । झरना थापाको कथा रहेको फिल्ममा थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा, परिच्छेद र पुरुषोत्तमको संवाद रहेको छ । सुनिल कुमार थापाको प्रस्तुतिमा तयार भएको फिल्ममा कबीर खड्का, जेविस/ जेविन श्रेष्ठ, अनुराग कुँवर, संजोग रसाइली लगायतको पनि अभिनय छ।