फिल्म ‘नाङ्गो गाउँ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू दयाहाङ राई, शिशिर बाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ र रवीन्द्र झा प्रस्तुत गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठ निर्माता र राम श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । फिल्ममा एसडी योगी र दीपक शर्माको सङ्गीत रहेको छ ।भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।