फिल्म 'हामी तीन भाइ'को स्क्रिप्ट पूजा गरिएको छ ।निर्देशक मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने फिल्मको मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो । स्वर्गीय निर्देशक शिव रेग्मीले 'हामी तीन भाइ' नामलाई सापटी लिएर फिल्म निर्माण गर्न लागिएको हो । प्रसिद्ध सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा विनोद न्यौपाने, कुशल विष्ट ,अभिनेत्री जाहान्वी बस्नेत राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवलदार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ ।त्रिरत्न श्रेष्ठ निर्माता रहेको फिल्ममा सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ  विशेष सहयोगीमा शम्भु कुमार   केसी र मनोज श्रेष्ठ  रहेका छन् । शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन् ।