फिल्म ‘जुलेबी’ को रिलिज मिति तोकिएको छ । निर्माण टिमले भाद्र १ लाई मिति लक गरेका हुन् ।निर्माण टिम र वितरण कम्पनी डिसीएन बिच कागजी सम्झौता सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।फोर क्युब न्टरटेन्मेन्टको ब्यानरमा निर्माण बनेको फिल्ममा चार नारी पात्रको कथा समेटिएको छ।आभा शर्मा नेपाल निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ। निर्देशक गणेश देव पाण्डेको निर्देशन र विवेक खड्काको छायाङ्कन रहेको फिल्मको सम्पादन अन्जय खड्काले गरेका छन् । फिल्मको कार्यकारी निर्माता नबिन भट्ट हुन् ।यसै गरी फिल्मको डिजिटल राइट्स पनि बिक्री गरिएको छ। डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको हो ।
2L2MgYBuI08bVQWY2T-HCw