भदौ २३ गते प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’मा समावेश भएको ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । ३ करोड माथि दर्शकले हेरिएको उक्त गीतले अहिले सम्म नेपालमा सर्वाधिक हेरिएको गीत बनेको हो । राजराज सिवाकोटीको शब्द,सङ्गीत र स्वर रहेको उक्त गीतमा उनलाई मेलिना रार्इ र राजन इसानले साथ दिएका छन् । भिडियोमा भने नायिका स्वस्तिमा खड्क, निश्चल बस्नेत र आशिफ शाहको नृत्य रहेको छ । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । ०७४ सालको सफल चलचित्रमा परेको ‘२ रुपैयाँ’लाई असीम शाहले निर्देशन गरेका हुन् ।