फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक गरिएको छ । टेक पौरखी राईद्वारा निर्देशित फिल्मको  ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शम्भुजित बाँस्कोटाको शब्द रचना तथा संगीत रहेको छ भने सुरेश लामा र अस्मिता अधिकारीको युगल स्वर छ ।गीतको भिडियोमा फिल्मका प्रमुख चारजना कलाकारहरू माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, केकी अधिकारी र सलोन बस्नेत फिचर्ड छन् ।शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

 

 

 

फिल्ममा शम्भुजितका साथै सागर आले मगरको संगीत, सौरभ लामाको छायांकन, सम्राट् बस्नेत द्वन्द्व, कविराजसँगै रामजी लामिछानेको कोरियोग्राफी, सुरेश न्यौपानेको लेखन र बनिश शाहको सम्पादन छ ।आगामी भदौ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ ।