राजधानीमा ए.जे.ईन्टरटेनमेन्टको सुविधा सम्पन्न `सयथरी´ सुटिङ स्टुडियो सञ्चालनमा आएको छ । झन्डै २ दशक देखि रङ्गिन क्षेत्रमा सक्रिय हुँदै आइरहेका युवा कलाकर्मी अजय पोखरेलले उक्त स्टुडियो सञ्चालनमा ल्याएका हुन् । स्टुडियो सयथरी नै दृश्यहरू देखाउन मिल्ने,खिच्न मिल्ने गरी सुविधाजनक तरिकाले बनाइएको छ । यस कारण पनि उक्त स्टुडियोको नाम `सयथरी´ नामकरण गरिएको हो । ए.जे.ईन्टरटेन्मेन्ट्ले अब छिटै नै दोहोरी आईकन्स भन्ने रियालिटी-सो पनि ल्याउँदै छ ।