फिल्म ‘हिँड्दा हिँड्दै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘हाँस्ने ओठहरू तिम्रा हुन्’ बोलको सार्वजनिक गीतमा सुगम पोखरेल र अन्जु पन्तको युगल स्वर रहेको छ l गीतमा फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाह रोमान्टिक अवतारमा देखिएका छन् । गीतमा किरण माइकल घिमिरेको शब्द रचना तथा सङ्गीत समावेश छ ।फिल्ममा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व देख्न सकिन्छ ।
मिलन आले मगर निर्देशित फिल्ममा विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ ।फिल्ममा सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङ्गको पनि अभिनय छ ।आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गर्न लागको हो ।