फिल्म `जारी´ ले सय दिनको यात्रा पार गरेको छ । वैशाख १ गते बाट रिलिजमा आएको फिल्मले ३ महिना कटिसक्दा पनि सिनेमा घरमा  दर्शकको कमी भएको छैन । फिल्मले उपत्यकाभित्र तीन वटा हलमा सय दिन मनाएको हो। फिल्मले सिभिल मल, बिग मुभिज र एफक्यूब मा प्रदर्शनको १०० दिन पार गरेको छ। फिल्मले १७ करोड माथिको ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांकले देखाउँछ ।दुई ठुला ब्रान्ड ‘कबड्डी’ र ‘छक्का पञ्जा’ सिरिजपछि यो फिल्मले सर्वाधिक कमाइ गरेको हो । रामबाबु गुरुङ निर्मित फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । दयाहाङ राई र मिरुना मगरबिचको प्रेमकथालाई प्रस्तुत गरिएको फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल,लगायतको पनि अभिनय छ ।