फिल्म  ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ ।सार्वजनिक टिजरमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, शिशिर बाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ र रवीन्द्र झा प्रस्तुत गरिएको छ ।फिल्ममा यी कलाकारहरूको अलावा कमलमणि नेपाल,  विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठ निर्माता र राम श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । फिल्ममा एसडी योगी र दीपक शर्माको सङ्गीत रहेको छ ।भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।