अभिनेत्री रेखा थापा अभिनित चलचित्र 'रुद्रप्रिया'को प्रिमियर शो सम्पन्न भएको छ ।

सोमबार राजधानीको कुमारी हलमा आयोजित कार्यक्रममा चलचित्र कलाकर्मी, संचारकर्मी र बिभिन्न क्षेत्रका बिशिष्ट व्यत्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुदीप बोबी भुपाल सिंहको निर्देशनमा बनेको चलचित्र रुद्रप्रिया हेरे पछि रेखाको अभिनयले मन छोएको प्रतिक्रिया दिएका थिए ।

आउँदो २ गते लक्ष्मी पूजाको अवसरमा रिलिज हुन लागेको चलचित्रमा रेखाको साथै आर्यन सिग्देल र राजन इसानको मुख्य भुमिका रहेको छ ।




तस्बिर : मिलन ढुङगाना