अभिनेता मुकुन भुषाल फिल्म `उपहार´ मा अनुबन्धित भएका छन् । मुख्य भूमिकामा उनलाई निर्माण टिमले अनुबन्धित गरेका हुन् । फिल्म निर्देशक ज्ञानेन्द्र देउजा र व्यवसायी बलराम शाहीले मुकुनसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनको नायिका रेखा थापा संग जोडी बाँधिएको छ । नायिका थापा यस फिल्मकी निर्मात्री पनि हुन् । रेखा फिल्म्स तथा कपनगढी फिल्मको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा नायिका पूजा शर्मा पनि रहेकी छिन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्मको छायांकन काठमाडौँ आसपासमा गर्ने तयारी गरिएको छ ।आगामी भदौबाट छायांकनमा जाने ‘उपहार’मा तीन नायिकाको अभिनय रहने छ । जसको लागी एक नायिकाको भने खोजी कार्य जारी रहेको छ ।