अभिनेता विपिन कार्की नयाँ फिल्ममा अनुबन्धित भएका छन् । १२ वर्षपछि निर्देशनमा कमव्याक गर्न गर्न लागेका निर्देशक शंकर घिमिरेको ‘तेल भिसा’ मा कार्कीलाई साइन् गरिएको हो । फिल्ममा विपिन दोहोरो भूमिकामा रहनेछन् । तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने फिल्मको निर्माता पनि स्वंयम निर्देशक घिमिरे नै हुन् । यस फिल्मको लागी विपिनले अहिले सम्मकै महँगो पारिश्रमिक लिएको बुझिएको छ । शंकरले ‘विष’, ‘वीरताको चिनो’, ‘तुलसी’ र ‘ब्रेक फेल’लगायतका फिल्मको निर्देशन गरेका छन् ।साथै ‘तेल भिसा’का लागि अन्य कलाकार र प्राविधिक टिम भने छनोटको चरणमा रहेको छ।