‘डान्सिङ स्टार’ विजेता तथा गिनिज बुकमा नाम लेखाउन सफल छिरिङ शेर्पा फिल्म ‘कार्साङ’ बाट नायिकाको रूपमा देखिने भएकी छिन् । डेब्यु फिल्म यानिकी ‘कार्साङ’ बाट उनले अभिनेता दयाह्याङ राईसँग स्क्रिन सेयर गर्दै छिन् । यार्सा फिल्म्सको व्यानरमा निर्माण हुन लागेको फिल्म शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा छायांकन हुने फिल्ममा कलाकार बुद्धि तामाङ पनि मुख्य भूमिकामा रहने छन् ।तिहार लगत्तै छायाकंन हुने फिल्मलाई यम शेर्पाले निर्देशन गर्दै छन् । उनको यो डेब्यु निर्देशकी फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।