फिल्म ‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ ।सार्वजनिक २ मिनेट १३ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहीत मानन्धरलाई प्रस्तुत गरिएको छ।प्रह्लाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलरले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता अपराधको कथा उठान गरेको छ ।पीताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह-निर्माता हुन् ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईँ र मोहन कुमार झिल्लुको छायांकन रहेको फिल्ममा प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रबी गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।आरआर फिल्मस्ले वितरण गर्ने फिल्म श्रावण १९ गतेबाट प्रदर्शनमा आउने छ ।