बलिउड गायक जावेद अलीले नेपालमा कन्सर्ट गर्ने भएका छन् । साउन १९ गते हुन लागेको कन्सर्टलाई सोल्टी होटेलस्थित क्लब प्रिभेले आयोजना गरेको हो । अलीले नेपालमा पहिलो पटक कन्सर्ट गर्न लागेका हुन् । दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा समावेश गीत ‘श्रीवाली’ उनको पछिल्लो हिट गीत हो । यसबाहेक ‘तेरी झलक असर्फी’, फिल्म तुम मिलेको ‘तु ही हकिकत’, बजरंगी भाइजानको ‘तु जो मिला’, कजरा रे, गलत बात हे लगायतका उनका गीत चर्चित छन् ।