आजबाट हिन्दुहरुको दोस्रो महान चाड तिहार पर्व शुरु भएसँगै पहिलो दिन कागतिहार मनाइएको छ । यसका साथै काग तिहारको अवसरमा १७० आवाज निकाल्न सक्ने रमेश दुलालले काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन गरेका छन् । उनी हरेक बर्ष काग तिहारको दिनमा काग सम्मेलन गर्दै आइरहेका छन् । उनको यो १४ औँ काग सम्मेलन हो । दुलालले यमलोकको खबर यमराज समक्ष खबर पठाउने माध्यमको रुपमा लिइने कागको बारेमा लामो समयसम्म अध्ययन गरेका र साच्चै नै खबर पठाउनछ या पठाउदैन भन्ने बारे अध्ययन पश्चात पठाउने बुझेपछि उनले पनि कागलाई साथीको रुपमा लिएर सन्देश पठाउने गरेको बताउँछन् । ‘मैले कागलाई उसकै भाषामा बोलाउछु र सन्देश पनि पठाउने गरेको छु ।, सन्देश पठाउने माध्यमको रुपमा लिइने कागले साच्चै नै सन्देश लिएर जानेगरेको मैले पाएको छु ।’, कागको बारेमा बोल्दै दुलालले भने ।
दुलालले दुईबर्षअघि मात्रै नेपालमा भारतले लगाएको नाकाबन्दीमा पनि त्यसको बिरुद्ध कागलाई जम्मा गरी भारतीय दुतावास घेराऊ गरेका थिए ।