बलिउड फिल्म ‘ओह माई गड २’ सेन्सर पासको झमेलामा परेको छ । फिल्मको २० दृश्य काटेर एडल्ट प्रमाणपत्र दिनुपर्ने निष्कर्ष निकाल्नुका साथै कारण देखाऊ सूचना पनि पठाउने तयारी गर्दा पनि यस फिल्मका निर्माताले कुनै पनि जवाफ नदिएपछि फिल्म अन्योलमा परेको हो। फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरेन्स’ भने आउन सकेको छैन ।  फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ । यस्तो अवस्थामा सेन्सर बोर्डले ‘ओएमजी २’ पुनरावलोकन कमिटीमा पठाएको हो । फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी’ को सिक्वेल हो । यस् बारे बलिउड संचार कोइमोइमा पनि उल्लेख गरिएको छ।