नायिका मिरुना मगर नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । फिल्म ‘रङ्गेली ग्याङस्टर’मा उनी जोडिएकी हुन् । ग्याङस्टर कथावस्तुमा बन्न लागेको फिल्ममा अभिनेता अर्पण थापा भने पहिले नै अनुबन्धित भैसकेका छन् । आगामी भदौ २० गतेबाट छायांकनमा निस्कन लागेको फिल्मको छायांकन पूर्वी मोरङको रङ्गेलीमा हुनेछ ।अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहने फिल्म आगामी भदौ २० गतेबाट छायांकन जाने छ । फिल्मका लागि बाँकी कलाकारहरू अडिसनबाट लिने तयारीमा निर्माण टिम छ । यसका लागि अडिसन आह्वान गरिएको छ । यही साउन २१ गते पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा फिल्मको अडिसन राखिएको छ ।