अभिनेता दयाहाङ राई र अभिनेत्री छिरिङ शेर्पाको मुख्य भूमिका रहने फिल्म ‘कार्साङ’को विदेश राइट्स बिक्री भएको छ । फिल्मको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको हो । अन्तर्राष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले फिल्म रिलिज गर्ने भएको हो । निर्देशक शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्रतीक सुवेदी र रमेश ढकालले लिखित सम्झौता गरेका हुन् ।यार्सा फिल्म्सको व्यानरमा निर्माण हुन लागेको फिल्म शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा छायांकन हुने फिल्ममा कलाकार बुद्धि तामाङ पनि मुख्य भूमिकामा रहने छन् ।तिहार लगत्तै छायाकंन हुने फिल्मलाई यम शेर्पाले निर्देशन गर्दै छन् । उनको यो डेब्यु निर्देशकी फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।